२०८१ जेष्ठ ९ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ९
Wed May, 2024

सिद्धार्थ बैंकको १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकले संस्थापक सेयरधनी विनोदकुमार खेतान र सुधा अग्रवालको नाममा रहेको १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। सेयरधनी विनोदकुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौँको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई लिखित आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन पेस नभएमा अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुलाइने बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com