२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख : अर्थमन्त्री महत

काठमाडौं । अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भइरहेको भन्दै त्यसका लागि अब देशभित्र सहज वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख छ । त्यसका लागि अब हामीले देशभित्र सहज वातावरण बनाउनुपर्ने छ । त्यसमा कतिपय कानूनी सहजताको कुरा छ । खरिद नियमावलीको समस्या छ, यसलाई चाँडै संसदबाट पारित गर्न सकियो भने त्यसले धेरै सहज हुन्छ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई २२ बुँदे पत्र काट्दा त्रसित भएको बताए । उनले भने, ‘विभिन्न मन्त्रालयका कर्मचारीको नाममा अख्तियारबाट २२ बुँदे पत्र आएको छ । कर्मचारीहरू त्रसित छन् । यसले काम गर्न कर्मचारीलाई असहज भएको छ । विगतलाई हेर्दा अर्थ सचिव भएकाहरू पनि निलम्बनमा परेका छन् ।’

मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनोट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउन एवं बजेट कार्यान्वयनको क्रममा गरिने सार्वजनिक खरिदको कार्य पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा १ ९ख० अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहलाई २२ बुँदे सुझाव दिएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com