२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

दोभान हाइड्रोपावरले २२ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

काठमाडौं, ३१ जेठ । दोभान हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको हो । सेयर निष्काशन ता बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानीको बहाव सदुपयोग हुने गरी ५.२ मे.वा. क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनामा लगानी गर्न कम्पनीले आफ्नो जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम २२ करोड ८० लाख बराबरको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक, सर्वसाधारण तथा संस्थामा कार्यरत कामदार/कर्मचारीलाई जारी गर्न लागेको हो ।

कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र दोभान हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक पुरञ्जन राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com