नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा

नागरिक लगानी कोषको संस्थापक शेयर विक्री खुला भएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ७५ हजार कित्ता संस्थापक शेयरकाे आज फागुन २ गतेदेखि बिक्री खुलाएकाे हाे ।
उक्त शेयरमा कम्पनीले फागुन १० गतेसम्म माग गर्न सक्ने छ । यस शेयरको मूल्य प्रतिकित्ता ७४३ रुपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।