२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

माई खोला हाइड्रोपावरको आईपीओ वैशाख १९ गते बाँडफाँड हुँदै

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड वैशाख १९ गते (बिहिबार) हुने भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार बिहान ९ः३० बजे आइपिओ बाँडफाँड हुने जनाएको हो।

कम्पनीको उक्त आइपिओमा १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन परेको छ। यो आवेदन झन्डै मागभन्दा ११.६६ गुणा बढी बढी हो । १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर पाउने र बाँकीको हात खाली हुने यस आईपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ ।

कम्पनीले वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो।

कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com