२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

समाज लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश घोषणा

काठमाडौ, १७ असार । समाज लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

स्वस्तिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको कारण यसको सेयर कारोबार भने लामो समय देखिनै रोक्का रहेको छ । समाज र स्वस्तिक लघुवित्तबीच हुने भनिएको मर्जर प्रकृया पनि भंग भइसकेको छ ।

समाजको साधारण सभाले स्वस्तिक सँगको मर्जर प्रस्ताव पारित नगरेपछि मर्जर प्रस्ताव भंग भएको थियो । मर्जरपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय सैद्धान्तिक सहमतिमा उल्लेख भए अनुसार बर्दीबास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकोले स्वस्तिक लघुवित्तसँग मर्जर गर्न नसकिने समाजले जनाएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com