२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं, १९ असार । बलात्कार‍ आरोपमा तीनजना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका–१७ बस्ने ४२ वर्षीय बीर बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com