२०८१ बैशाख २१ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २१
Fri May, 2024

प्रदिप खड्काको अनमोललक्षित टिप्पणी ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न पाईदैँन’

काठमाडौ, १५ असोज । नायक प्रदिप खड्काले, ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका छन् ।नायक अनमोल केसीलाई निर्माता–निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पु¥याएपछिको विवादलाई लक्षित गर्दै नायक खड्काले, नाम नलिइकल उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका हुन छन् ।

‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’खड्काले लेखेका छन् ।

उनले कानूनी रुपमा अनमोलले क्षतिपूर्ति तिर्नु पर्ने आसय समेत प्रकट गरेका छन् ।‘खैर, चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जेसुकै भाको भए पनि दुलहीले माग्ने आधा अंश हो । कानूनले दिलाउने पनि त्यही नै हो ।’ सामाजिक संजालमा उनले लेखेका छन् । यो स्टाटसमा थुप्रै नकारात्मक प्रतिक्रिया आएपछि प्रदीपले अलिकति मिलाउने प्रयास गरेका छन् ।नेपाली चलचित्रमा बौद्धिक अभिनेताको छवि बनाएका खड्काको यो स्टाटसमा अधिकासंले ‘बौद्धिकता’ भन्दा अनमोलप्रति कुन्ठा झल्किएको टिप्पणी छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com