यस्तो छ आजको सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(मंगलबार) का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज सुन प्रतितोला ३ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।