२०८१ बैशाख २० - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २०
Thu May, 2024

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

काठमाडौं । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् । ती मध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो आजभोली शहरी इलाकामा बस्ने धेरै मानिसहरु मोटोपनाको शिकार भएको पाइन्छ ।

मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् ।ती मध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले शरीर चुस्त दुरुस्त हुनुका साँथै, शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ ।

योगा र ध्यानले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ । यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सक्रिय र स्वस्थ मात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ । स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत -जिम, एरोबिक, दौड आदि- पनि एउटा हो ।

योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ । शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन ।योग तथा ध्यान गर्नुका फाईदाहरु यसप्रकार छन्

विश्वमा अहिले मानव शरीरलाई बुझ्नको लागि नयाँ रिसर्चहरु भैरहन्छ । हालसालै गरिएको एक अध्ययनका अनुसार योगा र ध्यानले क्यान्सरको जोखिमलाई सजिलैसँग कम गर्न सकिने पत्ता लागेको छ ।

मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन् । ध्यान गर्ने मानिसहरुमा इन्फ्लेमेसन धेरै हुने मोलिक्युलको उत्पादन कम हुन्छ । र, इन्फ्लेमेसन कम भएमा क्यान्सरको जोखिम पनि कम हुन्छ ।

आजको दिनमा कैयौं मानिसहरु योगा र ध्यानको फाइदा उठाइरहेका छन् । र, यसको स्वास्थ्य फाइदाहरुमा रमाइरहेका छन् ।

यो कुरा धेरै कम मानिसहरुलाई मात्रै थाहा छ की यसको फाइदा हाम्रो शरीरमा मोलिक्युलर लेभलबाट हुन थाल्छ । अर्थात योगा र ध्यानले शरीरको जेनेटिक कोड पनि परिवर्तन गर्न सकिन्छ ।

यसको एक फाइदा मानसिक स्वास्थ्यमा सुधार पनि हो । ध्यान र योगाले स्मरणशक्ति तिक्ष्ण हुन्छ, तपाईं सहि किसिमले कुनै चीजमा केन्द्रित हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ ।

आजभोली हामीले कैयौं यस्ता रोगहरुको सामना गर्नुपरेको छ जसको बारेमा हामीले कहिल्यै पनि सुनेका थिएनौं । यसको सबैभन्दा ठूलो कारण हो हाम्रो जीवनशैली र चौबिसै घन्टा स्ट्रेसमा रहने दैनिकी ।

यदि सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । अर्थात यो एक यस्तो एन्टिडिप्रिसेन्ट हो जसले फाइदा नै फाइदा गर्छ ।

ध्यान र योगाको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ ।

अध्ययनबाट योगा र मेडिटेसन प्राक्टिसले हाम्रो खानपानको बानी पनि सुधार्ने तथ्य पनि अगाडि आएको छ । नियमित योगा गर्ने बानीले हाम्रो रुची स्वस्थ खानाको तर्फ बढ्न लाग्छ ।

आहार सुधार हुन्छ मानिस खुसी हुन थाल्छ । यसले आत्मविश्वास पनि बढ्छ र आफ्नो शरीरको ख्याल राख्ने इच्छा पनि बढ्छ ।

बाहिर क्रियाकलाप नगरिकन दिनभर कम्प्युटरको अगाडि बस्नाले शरीर कैयौं रोगहरुबाट ग्रस्त हुन सक्छ । कम उमेरमै शरीरमा कैयौं किसिमका दुखाईहरु सुरु हुन्छन् ।

हामीलाई व्यस्तताको कारण व्यायाम गर्ने समय पनि मिल्दैन । तर, यदि थोरै समय मिलाए। हामीले आफ्नो शरीरमा ध्यान दिने हो भने यसको फाइदा हामीलाई नै हुन्छ ।

दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन बरु कार्यालयको काम गर्ने उत्साह र जाँगर पनि बढ्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com