२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

सेयर बजार झिनो अंकले वृद्धि

काठमाडौ, ३२ जेठ । चालु साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा बिहीबार शिवम् सिमेन्ट्सको सेयर सबैभन्दा धेरै खरिदबिक्री भएको छ।

यस दिन २७० कम्पनीको ७८ लाख ९६ हजार कित्ता सेयर कारोबार भएको छ । करिब १८ करोड रुपैयाँसहित कारोबार रकमसहित शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नेपाल लाइफ इन्सुरेन्स परेका छन् । होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी चमक देखिएको छ । यसैगरी, बिमा समूहरुमा पनि सुधार जारी छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com