२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

राताम्ये सेयर बजार, १६.९१ अंकले घट्यो नेप्से

साताको कारोबारको दोस्रो दिन आज(सोमबार) सेयर बजार घटेको छ। आज नेप्से परिसूचक १६.९१ अंकले घटेर १८७१.६३ विन्दुमा आएर अडिएको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले घटेर ३५२.६४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको २८ लाख १२ हजार ९९० कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ५१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचक राताम्मे भएको छ।

त्यस्तै, कारोबारको आधारमा नबिल बैंक अग्रिम स्थानमा छ। यसको आज ३ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंकको कारोबार भएको छ।

आजको कारोबारमा कालिनचोक दर्शन र महुली लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, प्रभु बैंक ऋणपत्र र एशियन हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com