कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकले ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयरधनी सुनिता कुमारी गैरेको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो।
यस शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।