१० लाख कित्ता आईपीओ जारी गर्दै आईएमई

आईएमई लिमिटेडले १ सय रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँबराबरको १० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ। यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।
काठमाडौँको पानीपोखरीस्थित आईएमईको मुख्यालयमा आज आयोजित कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ। आईएमईको जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ।