मनकामना स्मार्ट लघुवित्तले ५ प्रतिशत लाभांश दिने

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।