यस्तो रह्यो आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (सोमबार)को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरेको छ।
युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ०७ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ १८ पैसा र बिक्रीदर १५९ रूपैयाँ९० पैसाऽ क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ १६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ ९८ पैसा र बिक्रीमा ९१ रूपैयाँ ३९ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रूपैयाँ ८४ पैसा र बिक्रीमा २९ रूपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३६ पैसा र कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७६ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७२ पैसा निर्धारण गरिएको छ।