२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

५.८९ विन्दुले घटेर २००४.४५ अंकमा नेप्से सूचक

काठमाडौ, ८ असोज । सेयर बजारमा सोमबार पनि करेक्सन जारी रहेको छ । यस दिन नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा आएर अडिएको छ । बजार घटेर पुनः २ हजारको मनोवैज्ञानिक विन्दु नजिक आएको हो । अब मंगलबार नेप्से यो मनोवैज्ञानिक विन्दुबाट माथि जान्छ वा तल झर्छ भन्ने लगानीकर्तामा पुनः चासो बढेको छ ।

यस दिन आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर समूहमा बढी चमक देखिएको छ ।

यसअघि आइतबार पनि बजार घटेको थियो । गत साता बजार लगातार ३ दिन बढेको थियो । विशेषगरी साताको अन्तिम दिन बिहीबार बजारमा बेस्सरी वृद्धि देखिएको थियो । करिब ६५ अंकको वृद्धिपछि आइतबारदेखि बजार घट्न थालेको हो । यही क्रमले सोमबार पनि निरन्तरता पाएको देखिन्छ ।

यस दिन २८४ कम्पनीको ६५ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com