२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर छ : शिक्षण अस्पताल

काठमाडौं, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिए पछि त्रिभुवन शिक्षण अस्पताल लगिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका हुन । मुटुमा समस्या देखा परे पछि आज बिहानै राष्ट्रपति पौडेललाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।

मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा.रत्नमणी अधिकारीका अनुसार उनको मुटुको चालको मनिटरिङ गरिएको छ ।

‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युको मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिएको हुदाँ आज बिहान सबैरै यस सेन्टरमा उपचरार्थ भर्ना हुनु भएको छ,’ अस्पतालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ‘सम्मानीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराईन्छ ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com