२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीको भर्चुअल कुराकानी

काठमाडौं, २२ असोज ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको एक बंकरमा ज्यान जोगाएर बसिरहेका नेपाली विद्यार्थीसँग भर्चुअल कुराकानी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको भिडियोमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्, सर्वदलिय बैठक बोलाएर सकुसल नेपाल फर्काउन आवश्यक पहल गरिरहेको बताए ।

उनले भने ‘मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । सर्वदलिय बैठक पनि बोलाइएको छ । इजरायली राजदुताबासमा पनि कुरा भइहरेको छ । सायदअहिले परराष्ट्र मन्त्री स्तरमा पनि कुरा होला । यो सबै चाँहि तपाईले त्यहाँ विद्यार्थीहरुलाई कम्युनिकेट गर्दिनु पर्यो । ’

“सिक्दै कमाउदै’’कार्यक्रमअन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरुको टोली प्रमुख विपिन सुवेदीसंगको मेसेन्जरबाट भिडियो सम्बादगर्दै उनले सरकारले चाँडै आवश्यक काम गर्ने वचन दिए । अहिले बङ्करमा सुवेदीले आफूले इजरायलमा रहेका नेपालीलाई नेपालको पछिल्लो तयारी लगायतका विषयमा जानकारी गराएको बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com