लुम्बिनी विकास बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लुम्बिनी विकास बैंकलाई १० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति दिएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्न पाउने भएका छन्।
बैंकले १० वर्षे अवधिको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने भएको छ। यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ।
यसमा वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रमा बैंकले ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।