२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

नेप्सेमा यी चार कम्पनीको सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स, आरएसडीसी लघुवित्त, साधना लघुवित्त र अपी पावर कम्पनीको ६७ लाख ६२ हजार ३२८.२४ कित्ता बोनस सेयर सूचिकृत भएको छ। मंगलबारको कारोबारमा यी चार कम्पनीको सेयर सूचिकृत भएको हो।

नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८.२० कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तै, आरएसडीसी लघुवित्तको ८ प्रतिशतले हुन आउने ६ लाख ४४ हजार १२४.५९ कित्ता र साधना लघुवित्तको १९ प्रतिशतले हुन आउने ६ लाख १० हजार ३२८.४५ कित्ता बोनस सेयर सुचिकृत भएको हो।

यस्तैगरि, अपी पावर कम्पनीको २८ लाख ८३ हजार ६८६ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com