२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

नेप्सेमा यी तीन कम्पनीको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र आईसीएफसी फाइनान्सको १ करोड ३३ लाख ६२ हजार ३२२.५८ कित्ता सेयर सूचिकृत भएको छ। प्रस्तावित बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

आर्थिक वर्षको मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस सेयर सूचिकृत भएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशतले हुन आउने ४५ लाख ३८ हजार १०६.८७ कित्ता बोनस सेयर सुचिकृत भएको छ।

यसरी नै आर्थिक वर्षको मुनाफाबाट ५प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको आईसीएफसी फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर सूचिकृत भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com