२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज(बुधबार) अन्तिम दिन रहेको छ । कार्यालय समयभित्र आज लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणका लागि यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सेयर छुट्याएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर र ५ प्रतिशत अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १६ हजार ८ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

उक्त आईपीओमा मागभन्दा २१.०५७ गुणा बढी आवेदन परेको छ । फागुन २ गतेसम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परिसकेको सीडीएसले जनाएको छ । यस कम्पनीमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com