नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई लाभांश वितरण गर्ने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको ७७औँ बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्ना सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने भएको छ। बैठकले कर प्रयोजनार्थ कम्पनीले ३.६८ प्रतिशत रकम पनि छुट्याउने निर्णय समेत गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश छन्। साथै, कर प्रयोजनार्थ ३.६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको रकम संस्थाले छुट्याएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।