मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घट्यो

आज साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०१ अङ्कले घटेर ३८१.९३ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार ०२४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। युनिभर्सल पावर ७ करोड ५५ लाखभन्दा बढीको कारोबार गरी पहिलो स्थानमा रहेको छ भने शिवम् सिमेन्ट र सानिमा माई हाइड्रोपावर दोश्रो स्थानमा रहेका छन्।
मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक बढेको छ भने बाँकि सबै उपसुचक घटेको छ। आजको कारोबारका आधारमा अधिखोला लघुवित्त र आदर्श लघुवित्तले अत्यधिक कमाएका छन् । यसको सेयर भाउ १० प्रतिशतले बढेको छ। त्यस्तै, प्रिमियर इन्स्योरेन्स र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।