२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

लुम्बिनी विकास बैंकको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ खुला

लुम्बिनी विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आज (मंगलबार)देखि बिक्री खुला भएको छ। बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ बिक्री खुला गरेको हो। यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो। यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी ४ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणका लागि जारी गरिने इकाइमध्ये सामूहिक लगानी कोषलाई २० हजार कित्ता सुरक्षित गरिएको छ। बाँकी ३ लाख ८० हजार कित्तामा लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रमा बिक्री प्रबन्धको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ। यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस ऋणपत्रमा जेठ १९ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ३० गतेसम्म खुला रहनेछ।

यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिने व्यवस्था पनि छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com