२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

१२.१० अंकले बढ्यो नेप्से, १ अर्ब ४४ करोड ३७ लाखमाथिको कारोबार

साताको कारोबारको तेश्रो दिन आज(मंगलबार) सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १२.१० अंकले बढेर १९१८.१० विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये तीन उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ।

कारोबारको आधारमा आज ६ करोड १५ लाखभन्दा बढीको कारोबार गरी आइएमई जनरल इन्स्योरेन्स अग्रिम स्थानमा रहेको छ भने दोश्रोमा हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट रहेका छन्।

आजको कारोबारमा सुपरमाई हाइड्रोपावर र सिर्जनसिल लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन् भने तेह्रथुम पावर र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com