५.८८ अंकले बढ्यो नेप्से, १ अर्ब ६० करोड रुपैयाँमाथिको कारोबार

साताको कारोबारको पहिलो दिन आज(आइतबार) सेयर बजार बढेको छ। आज नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ।
कारोबारको आधारमा आज ६ करोड भन्दा बढीको कारोबार गरी शिभम् सिमेन्टको अग्रिम स्थानमा रहेको छ भने राष्ट्रिय बीमा कम्पनी र तारागाउँ होटल दोश्रो स्थानमा रहेका छन्।
आइतबारको कारोबारमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आदर्श लघुवित्त र ग्लोबल आइएमई ब्यालेन्स फण्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।