माई खोला हाइड्रोपावरको आइपिओ फागुन २५ देखि

आगामी फागुन २५ गतेदेखि माई खोला हाइड्रोपावर लिमिटेडले आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला गर्ने भएको हो।
कम्पनीले रु एक सय अंकित मूल्य राखी तीन लाख ९२ हजार एक सय ५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि र एक लाख ५२ हजार नौ ४१ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई जारी गर्ने भएको हो ।
बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ मा हुने र वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्र आवेदन दिन सक्नेछन। स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।