२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

६.९० अंकले घट्यो नेप्से, १ अर्ब ६ करोडमाथिको कारोबार

साताको कारोबारको पहिलो दिन आज(आइतबार) सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ अङ्कले घटेर ३६३.२६ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६ करोड ८९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचकमा ५ उपसुचक बढेको छ भने बाँकी सबै घटेको छ।

आज ६ करोड १० लाखभन्दा बढीको कारोबार गरी हिमालयन डिस्टिलरी कारोबारको अग्रिम स्थानमा रहेको छ भने दोश्रोमा शिभम सिमेन्ट र एनआईसी एशिया बैंक रहेका छन्।

मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अथधिक कमाएका छन् भने सानिमा ग्रोथ फण्ड र सृजनसिल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com