२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

आज नेप्सेमा सामान्य सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) सामान्य सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ४.५७ अकंले बढेर २१००.६५ बिन्दुमा बन्द भएको छ ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोमबार एनआइसी एशिया बैंकको सेयर सर्वीधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड ४५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । साथै युनिर्भसल पावरको ५ करोड ३५ लाख ७९ हजार रुपैयाँ, नेपाल लाइफको ४ करोड ८९ लाख रुपैयाँ र हिमालयन डिस्टलरीको ४ करोड७७ लाख रुपैयाँको कारोबार भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँको कारोकार भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com