मकर जितुमाया सुरी हाइड्रोपावरको आबेदन मिति थप

मकर जितुमाया सुरी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागी निष्काशन गरेको आईपीओमा फागुन १५ गतेसम्मका लागि म्याद थप गरिएको छ ।
कम्पनीले ७ करोड ६० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् भने स्थानीयले प्रभु बैंक, लक्ष्मी बैंक र सेन्चुरी बैंकको शाखा र आयोजना स्थलबाट पनि आवेदन दिन सक्नेछन् ।
हाइड्रोपावरले माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो ।