२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

सिभिल लघुवित्तले सेयरधनीलाई लाभांश दिने

सिभिल लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

साथै बैंकले बोनसमा लाग्ने कर तिर्न ०.५८ प्रतिशत नगद लाभांश दिने भएको छ। हाल कायम चुक्ता पूँजी २८ करोड ८१ लाख २४ हजार ४४१.६० रुपैयाँको ११ प्रतिशतले हुन आउने ३ करोड १६ लाख ९३ हजार ६८८.५८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशतले हुन आउने १६ लाख ६८ हजार ८८.८७ रुपैयाँबराबरको नगद लाभांश दिने कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com