२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

६२.२१ अंकले बढ्यो सेयर बजार

काठमाडौ, १० असार । सेयर बजार ६२.२१ अंकले बढेको छ । नेप्से सूचकले आज आमलागनीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने २१ सय विन्दुलाई पार गरेर बन्द भएको छ । नेप्से सूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ ।

६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो । पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । आइतबार बिमा समूहमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।

यस दिन २७५ कम्पनीको १ करोड ४७ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । ४ वटा कम्पनीको सेयर भाउउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com