२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

२१.४६ अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आइतबार शेयर बजार परिसूचक २१ अंक भन्दा बढीले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजार परिसूचक २१ दशमलव ४६ अंकले ओरालो लागेको हो । आइतबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १८२६ दशमलग २३ विन्दुमा पुगेको छ ।

गत हप्ता ३ प्रतिशतले घटेको बजार यो हप्ताको पहिलो दिन नै १.१६ प्रतिशतले घटेको हो । आज २८९ कम्पनीका ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर ३९ हजार ३२२ पटक किनबेच भएका छन् । जसबाट ९७ कराड २३ लाख ६७ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आइतबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि राताम्य देखिएको छ । सेन्सेटिभ इन्डेक्स ५ दशमलव ३६ अंकले घटेर ३५२ दशमलव ३९ विन्दुमा पुगेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com