२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

शरणार्थी प्रकरणः खाँणको पक्षमा बहस गर्न एक दर्जन भन्दा बढी अधिवक्ताहरु इच्छुक

काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् । काठमाडौं जिल्ला अदालतमा आजदेखी सुरु हुने थुनछेक बहसमा खाँणको पक्षमा बहस गर्नु दुई पुर्व महान्यायधिवक्ता र तीन नेपाल बार एशोसियनका अध्यक्षलगायत बहस गर्ने भएका हुन ।

जसअनुसार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका बरिष्ठ अधिबक्ताले बहस गर्नका लागि नाम टिपाएका छन् ।

उता, सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com