२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

युनिक नेपाल लघुवित्तले ३ लाख ७९ हजार कित्ता एफपीओ जारी गर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाइ एफपीओ जारी गर्न अनुमति दिएको छ। लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको एफपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ।

अब लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ। युनिक नेपाल लघुवित्तले २०७८ चैत २१ गते एफपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएको थियो।

निवेदन दिएको १३ महिनापछि युनिक नेपालले एफपीओ जारी गर्ने अनुमति पाएको हो। यस एफपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटले गर्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com