हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई चुक्तापुँजीको ७५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । कम्पनीले १ः.०.७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी जारी गर्न लागेको हो।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँबराबरको हकप्रद जारी गर्न लागेको हो। कम्पनीको यस हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रवन्धकको काम लक्ष्मी क्यापिटल मार्केले गर्नेछ।