२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

नेपाल लाइफ इन्स्योरेन्सको “सुनौलो भविष्य जीवन बिमा” सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक भएको छ । आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आफू आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दै एकै बिमा योजनाबाट २ किसिमको सुविधा उपयोग गर्न पाउने गरी कम्पनीले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना’ सार्वजनिक गरेको हो ।

‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुआत’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरिएको हो । एउटै बिमा योजनाबाट २ किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बिमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा हो ।

जसमा बिमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष हुने तथा न्यूनतम बिमा शुल्क भुक्तानी अवधि पाँच वर्षदेखि अधिकतम बिमा शुल्क भुक्तानी अवधि ३५ वर्र्षसम्म हुने बताइएको छ । यो योजनाको न्यूनतम बिमाङ्क रकम २५ हजार रूपैयाँ तथा अधिकतम बिमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिने पनि जानकारी गराइएको छ । यो योजनाले न्यून बिमा शुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्ने पनि बताइएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com