२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

२६ फागुनदेखि सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ

फागुन २६ गतेदेखि सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ खुला हुने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मूल्यमा कुल ४९ लाख ९८ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने कम्पनीले जानेको छ।

बिक्री गर्ने आईपीओमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकिएको छ। ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

लगानिकर्तले यस आईपीओमा फागुन ३० गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा चैत १० गतेसम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले यस आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com