२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

सर्बसाधारणलाई एसियन हाइड्रोपावरको आईपीओ

एसियन हाइड्रोपावर लिमिटेडले सर्बसाधारणको लागि प्रति कित्ता १ सय रुपैयाँका दरले आज (माघ २७ गते)देखि आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता सेयर सर्बसाधारणलाई छुटाईएको थियो।

त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुटाईएको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने आईपीओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन् तर तोकिएको समयसम्म आवेदन नपरेको खण्डमा लगानीकर्ताले फागुन १२ गतेसम्म आवेदन दिन पाउने छन्।

यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com