२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

लगातार २ दिन करेक्सनपछि सम्हालियो नेप्से सूचक

काठमाडौ, १५ असोज । दुई दिनको करेक्सनपछि सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक ५.१९ विन्दुले बढेर १९७६.२९ अंकमा आएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढी वृद्धि हुँदा १ अर्ब ७३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । होटेल र उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूह बढेका छन् ।

गत साताको बुधबार १८.६० अंक र यो साता आइतबार ३३.२० अंकले नेप्से घटेको थियो । सोमबार पनि बजार करिब २ बजेसम्म करेक्सनमै थियो । त्यसपछि भने बजारमा केही सकारात्मक माहोल देखिन थालेको हो । यसआधारमा लगातार २ दिनको करेक्सनपछि सूचक सकारात्मक देखिएको हो । बिहीबार भने सार्वजनिक विदाका कारण सेयर कारोबार भएको थिएन ।

यद्यपि, समग्रमा हेर्ने हो भने बजार आरालो यात्रामै छ । लामो समयदेखि बजारले गति लिन सकेको छैन । नीतिगत अवरोध र चर्को ब्याजदर नै बजार तल झार्ने मुख्य कारण मानिएका छन् । नीतिगत अवरोध जारी रहँदा आम लगानीकर्ताको बजारप्रति नकारात्मक मनोविज्ञान हावी छ । क्रेताहरु कम र बिक्रेताको सख्ंया अधिक हुँदा बजार २५ महिनादेखि बियरिस यात्रामा रहेको छ ।

यस दिन २८६ कम्पनीको ५७ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र सोल्टी होटेल परेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com