२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

भारतीय क्रिकेटर एस श्रीसान्तविरुद्ध धोकाधडीको अभियोगमा मुद्दा दर्ता

काठमाडौं । भारतीय क्रिकेट टोलीमा केही यस्ता खेलाडी छन् जो करियरको सुरुदेखि नै विवादमा आइरहेका छन् । तीमध्ये सर्वाधिक विवादास्पद नामका रुपमा भारतीय टोलीका पूर्व क्रिकेटर एस श्रीसान्तलाई लिन सकिन्छ ।

क्रिकेट करियरमा उनलाई कहिले मैदानमा हरभजन सिंहबाट थप्पड खानु परेको थियो भने म्याच फिक्सिङको आरोपमा जेल नै जानु परेको थियो । ती आरोपबाट सफाइ पाएर निजी जीवनमा फर्किएका श्रीसान्त फेरि ठूलो समस्यामा परेका छन् । उनीविरुद्ध केरलाका सतीश गोपालन नामका व्यक्तिले ठगीको आरोप लगाएका छन् ।

केरलाको कन्नूर जिल्लामा बस्ने सतीश गोपालनले एस श्रीसान्त र अरु दुई जनाविरुद्ध ठगीको मुद्दा दायर गरेका छन् । सन् २०१९ मा राजीव कुमार र वेंकटेश केनीले खेलकुद एकेडेमी बनाउने भन्दै १८.७ लाख रुपैयाँ लिएको गोपालनले बताएका छन् । यसमा श्रीसान्त उनको तेस्रो पार्टनरको रुपमा चिनाइएको छ । यो एकेडेमी कोल्लुरमा निर्माण गर्ने भनिए पनि यसको शिलान्यास पनि हुन सकेको छैन । पैसाको लेनदेनमा श्रीसान्त संलग्न नभएको तर उनको नाम लिएको भन्दै सतीशले पैसा लगानी गरेको पनि बताए ।

सतीशको आरोपमा प्रहरीले श्रीसान्तसँगै वेंकटेश र राजीवविरुद्ध मुद्दा दर्ता गरेको छ । श्रीसान्तलाई यस मामिलामा तेस्रो अभियुक्त मानिएको छ । भारतीय प्रहरीले आईपीसीको धारा ४०२ अन्तर्गत तीन जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

श्रीसान्त विरुद्ध यस्तो मुद्दा आएको यो पहिलो पटक होइन । यसअघि सन् २०१३ मा आइपिएलमा स्पट फिक्सिङको मुद्दामा पनि पक्राउ परेका थिए । त्यसपछि उनी राजस्थान रोयल्सको टोलीमा थिए । बीसीसीआईले श्रीसान्तलाई आजीवन प्रतिबन्ध लगाएको थियो तर, ७ वर्षपछि श्रीसान्त निर्दोष पाइएपछि उनीमाथिबाट यी सबै मुद्दा हटाइयो र प्रतिबन्ध पनि हट्यो । त्यसयता श्रीसान्त केरलाका लागि घरेलु क्रिकेट खेल्दै आएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com