२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

 दुई दिन लम्बियो एमाले बाग्मती अधिवेशन, आजबाट निर्वाचन प्रक्रिया सुरु

काठमाडौं, १० असोज । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ ।बाग्मती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेसन लम्बिएको हो ।

जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुइ दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ । गत ८ गते सुरु भएको अधिवेसन ९ गते सम्पन्न गर्ने भनिए पनि अब अधिवेसन ११ असोजसम्म चल्नेछ । निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिए पछि दुई दिन बढी लम्बिएको हो ।

जसअनुसार निर्वाचन कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुनेछ । तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ । दिउँसो ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।

बिद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोह दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बाग्मती एमालले निर्वाचनको सम्पुर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com