२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

मोलुंग हाइड्रोपावर र सगरमाथा जलबिद्युतको सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(बुधबार) मोलुंग हाइड्रोपावर कम्पनी र सगरमाथा जलबिद्युत कम्पनीको सेयर सूचिकृत भएको छ। दुईवटै कम्पनीको सेयर सूचिकृत भएसँगै सेयर कारोबारमा आउने भएको छ।

मोलुंग हाइड्रोपावरको ८० लाख २५ हजार कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो। उक्त सेयर सूचिकृत भएसँगै पहिलो कारोबारका लागि ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्मको ओपनिङ रेन्ज निर्धारण गरेको छ। यो कम्पनीको सेयर काराेबार गर्नका लागि एमएचसीएल (MHCL) संकेत प्रदान गरिएको छ।

त्यस्तै, सगरमाथा जलबिद्युतको १ करोड १२ लाख कित्ता आईपीओ सूचिकृत भएको छ। सेयर सूचिकृत भएसंगै पहिलो कारोबारका लागि १११.४१ रुपैयाँदेखि ३३४.२३ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। यो कम्पनीको सेयर काराेबार गर्नका लागि एसएमजेसी (SMJC) संकेत प्रदान गरिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com