२०८१ बैशाख २० - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २०
Thu May, 2024

नेप्सेमा आज पाँच कम्पनीको बोनश शेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ । यी पाँच कम्पनीको आफ्नो वार्षिक साधारण सभाबाट पारित बोनश शेयर सूचिकृत भएको हो।

एनएलजी इन्स्योरेन्सको १० प्रतिशत दरका कुल १३ लाख २६ हजार ६१४ कित्ता, लक्ष्मी लघुत्तको १५ प्रतिशत दरका कुल ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको २० प्रतिशत दरका कुल ८ लाख २९ हजार २६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यस्तै ८ दशलमव ५३४ प्रतिशतबो दरले कुल २५ लाख ६९ हजार २२० कित्ता र सबैको लघुवित्तको १८ प्रतिशत दरका कुल ४ लाख ८६ हजार कित्ता शेयर सुचिकृत भएको हो।

यी कम्पनीको बोनश शेयर सूचिकृत भएसँगै सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले दोस्रो बजारमा उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com