२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

८.३९ अंकले बढ्यो नेप्से, ८१ करोडमाथिको कारोबार

साताको कारोबारको चौथो दिन आज (बुधबार) सेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९७ अङ्कले घटेर ३५३.९५ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। बुधबारको कारोबारमा १३ वटै मध्ये ३ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ।

कारोबारको आधारमा आज ६ करोडभन्दा माथिको कारोबार गरी शिभम् सिमेन्ट अग्रिम स्थानमा छ भने दोश्रोमा नबिल बैंक र गुराँस लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

आजको कारोबारमा कालिनचोक दर्शन र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिटिजन म्युचुअल फण्ड रन्याग्दी हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com