२०८१ बैशाख २३ - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख २३
Sun May, 2024

मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, कसले पाउँछ भर्न ?

मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख ४२ हजार ५८३ कित्ता आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने भएको छ भने कुल सेयर संख्याको १० प्रतिशतबराबर हुन १ लाख ८ हजार ५१७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएको भएको हो ।

एनआईसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ भने न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

फागुन २५ गते र ढिलोमा चैत ९ गतेसम्म आइपीओ  भर्न सकिने छ । स्थानीयले एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com