आईपीओ जारी गर्न सन नेपाल लाइफ इन्स्योरेन्सले माग्यो अनुमति

सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्न अनुमति मागेको छ। कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति मागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रिमियर मूल्य थपेर आईपीओ जारी गर्ने अनुमति माग गरेको हो। कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाँमा ९६ लाख कित्ता आईपीओ जारी गर्नेछ।
यसमा कम्पनीले प्रतिकित्ता १५०.५५ रुपैयाँमा प्रिमियर थप गरेको छ। यस आईपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ।