२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

बलेफी हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौ, २५ भदौ । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर प्रस्तावसहित एकैपटक दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । सभा असोज १८ गते आम्रपालि ब्यांकेट, नक्साल भाटभटेनी नजिकै, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

सभामा यस कम्पनीले १ः१ (१०० प्रतिशत) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । सोही पुँजीको १०० प्रतिशत राइट सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७७–०७८ र २०७८–०७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन असोज ४ गतेसम्म सेयरधनी कायम हुनुपर्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com